प्रधानमन्त्री कार्की जेनजी आन्दोलनमा घाइतेहरुलाई भेट्न पुगिन् ट्रमा सेन्टर

२८ भाद्र २०८२, शनिबार १५:४५

काठमाडौँ । नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्।

अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी हुन्। जेनजी आन्दोलनका क्रममा भएको हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका थिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*