सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुदैछ कारोबार ?

२० आश्विन २०८२, सोमबार १०:४७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्म कै उच्च मूल्य पुगेको हो । यसअघि असोज १९ मा सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी आज चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*