बाढीबाट क्षति पुगेको सम्पत्तिको बीमा दाबी गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आव्हान

१० भाद्र २०८३, बुधबार १८:००

काठमाडौँ ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट क्षति पुगेका आफ्ना सम्पूर्ण बीमित ग्राहकलाई आफ्नो क्षतिको विवरण यथाशीघ्र कम्पनीलाई जानकारी गराउन आग्रह गरेको छ। कम्पनीले बीमा गरिएका भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा बाढीबाट क्षति पुगेको भए सम्बन्धित बीमितले तत्काल कम्पनीमा सम्पर्क गरी बीमा दाबी भुक्तानी प्रक्रियामा सहजीकरण गर्न अनुरोध गरेको हो।

कम्पनीले प्राकृतिक विपद्बाट बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनमा क्षति पुगेका सम्पूर्ण बीमितलाई आफ्नो क्षतिको विवरण कम्पनीमा उपलब्ध गराउन आग्रह गर्दै बीमाबाट रक्षावरण भएको सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ। कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमितको साथमा रहेको उल्लेख गर्दै कम्पनीले दाबीसम्बन्धी आवश्यक प्रक्रियाका लागि सम्बन्धित सबैलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीमा बीमासेवा लिएका ग्राहकले आफ्नो क्षतिको जानकारी कम्पनीले उपलब्ध गराएका सम्पर्क नम्बर तथा इमेलमार्फत गराउन सक्नेछन्। क्षतिको विवरण तथा आवश्यक जानकारीका लागि सुबोध कर्माचार्यलाई ९८५१३६५२७२ नम्बर वा [email protected] मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्तै, अमिता त्रिपाठीलाई ९८५१३६५२६९ नम्बर वा [email protected] मा सम्पर्क गर्न सकिनेछ।

त्यसैगरी, आदर्श श्रेष्ठसँग ९८५१२२५९०१ नम्बर वा [email protected] तथा गिरिश दाहालसँग ९८५१२०१४२४ नम्बर वा [email protected] मा सम्पर्क गरी क्षतिको विवरण जानकारी गराउन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले २०८२ साल भदौ १० गते रुसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा भावपूर्ण समवेदना व्यक्त गरेको कम्पनीले घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*