रसुवाको भोटेकोशीमा बाढी: ४४ सैनिक सम्पर्कविहीन
१० भाद्र २०८३, बुधबार १८:४०

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको अचानकको बाढीमा परी नेपाली सेनाका ४४ जना सम्पर्कविहीन भएका छन् ।
जङ्गी अड्डाका अनुसार बाढीपछि ४४ जना सैनिक हालसम्म सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए ।
बाढीका कारण नेपाली सेनासँगै अन्य सुरक्षा निकायका सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको जनाइएको छ ।









