माछापुच्छ्रे बैंकको टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त, ४ कर्मचारी सम्पर्कविहीन
१० भाद्र २०८३, बुधबार १७:४५

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे बजारमा रहेको माछापुच्छ्रे बैंकको शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
बाढीका कारण टिमुरे बजार नै बगाएपछि बैंकको शाखा कार्यालयसमेत पूर्णरूपमा क्षति भएको बैंकले जनाएको छ । शाखामा चार जना कर्मचारी र एक जना सुरक्षाकर्मी कार्यरत थिए ।
बैंकका अनुसार पाँच जनामध्ये एक जना कर्मचारीसँग भने सम्पर्क स्थापित भएको छ । उनी बाढीबाट भागेर सुरक्षित स्थानमा पुग्न सफल भएका हुन् । तर, अन्य तीन जना कर्मचारी र एक जना सुरक्षाकर्मीसँग अझै सम्पर्क हुन सकेको छैन ।
सम्पर्कविहीन कर्मचारी तथा सुरक्षाकर्मीको खोजी कार्य जारी रहेको बैंकले जनाएको छ ।









