रसुवा बाढीमा ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन

१० भाद्र २०८३, बुधबार १८:३५

काठमाडौ । रसुवामा आएको बाढीका कारण विभिन्न ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन् ।

तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका बैंकका शाखा कार्यालयमा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् । हालसम्म विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारीसँग सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले जनाएका छन् ।

बाढीका कारण नदी आसपासका बजारमा रहेका बैंकका शाखा कार्यालयहरूमा समेत ठूलो क्षति पुगेको छ । बाढीबाट प्रभावित बैंकका शाखाको संख्या ९ रहेको भए पनि ती शाखामा कार्यरतमध्ये ८ शाखाका कर्मचारीसँग सम्पर्क हुन नसकेको बताइएको छ ।

बाढीले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुर्‍याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*