शिवम् सिमेन्ट र राधी विद्युतमा लगानीकर्ताको ओइरो, अरु कुनको भयो बढी कारोबार?
२० कार्तिक २०८२, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार आज नेप्सेमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
जसमध्ये शिवम् सिमेन्टको ३० करोड ९१ लाख रुपैयाँ, राधी विद्युतको ३० करोड ७६ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको २७ करोड ८५ लाख रुपैयाँ, एनआरएनको २७ करोड २६ लाख रुपैयाँ र युनियन हाइड्रोपावरको १९ करोड ५२ लाख रुपैयाँ माथिको शेयर किनबेच भएको छ।
त्यसैगरी बुटवल पावरको १७ करोड ६६ लाख रुपैयाँ, सिनर्जी पावरको ११ करोड ७८ लाख रुपैयाँ, उन्नती सहकार्य लघुवित्तको ११ करोड ४३ लाख रुपैयाँ, हिमालयन रिको ९ करोड ८२ लाख रुपैयाँ र फर्स्ट माइक्रोफाइनानसको ९ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।














