युनियन हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० वटाको सर्वाधिक कारोबार

२३ कार्तिक २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेको दिन आज विभिन्न सेक्टरका ३२३ वटा कम्पनीहरुको शेयर खरिद–बिक्री भएर चार अर्ब ९० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा युनियन हाइड्रोपावरको २७ करोड ७६ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २३ करोड ५३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २१ करोड ८९ लाख रुपैयाँ, राधि विद्युतको २१ करोड ६९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*