हाइड्रोपावर सेक्टरका लगानीकर्ता मालामाल, कसको कतिले बढ्यो ?
२३ कार्तिक २०८२, आईतवार १५:१७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेपनि हाइड्रोपावर सेक्टरका लगानीकर्ता मालामाल बनेका छन् । आइतबार कुल २८ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा दरमखोला हाइड्रो,माबिलुङ इनर्जी र सागर डिस्टीलरीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, रुरु जल विद्युत परियोजना, धौलागिरी लघुवित्त, विकास हाइड्रोपावर, माउण्टेन इनर्जी, पिपल्स पावर लगायतका कम्पनीहरुको आज शेयरमूल्य उच्च अंकले बृद्धि भएको छ ।














