लक्ष्मी सन्राइज क्यापिटको १५औं वार्षिक सभा सम्पन्न, ७.७२ करोड नगद लाभांश पारित

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारणसभा पारित गरेको छ । शुक्रबारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८२–८३ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षक नियुक्ती गर्ने सम्बन्धमा हाल कायम रहेका लेखा परिक्षक श्री एन.बि.एस.एम एण्ड एशोसिएट्स लाइ नै निरन्तरता दिने निर्णय सभाले गरेको छ ।
साथै, आषाढ मसान्त २०८२ को वासलात बमोजिम प्रति शेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् रु.७.७२ करोड (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशक भन्दा अधिक समयदेखि नेपालको धितोपत्र बजारको विकासमा यस कम्पनीले महव्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।













