एनआरएन इन्फ्रास्टक्चरको उच्च कारोबार, यी कम्पनीमा लगानीकर्ताको लर्को
२४ कार्तिक २०८२, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.८० अंकले घटेर २५६०.२९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आज विभिन्न सेक्टरका ३२७ वटा कम्पनीहरुको शेयर खरिद–बिक्री हुदाँ कुल चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको आज ४८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, युनियन हाइड्रोपावरको २५ करोड ७८ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको १७ करोड ७२ लाख रुपैयाँ, शिवम् सिमेन्टको १५ करोड ५८ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।














