राधी विद्युत कम्पनीको नाफासहित ईपीएसमा उल्लेख्य बृद्धि

२५ कार्तिक २०८२, मंगलवार ११:०६

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, विद्युत बिक्री लगायतका सूचांकमा बृद्धि भएको छ ।

कम्पनीको खुद नाफा ८११.६३ प्रतिशतले बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । उल्लेख्य नाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ह्वात्तै बढेर ६० रुपैयाँ ५८ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा जम्मा ३ करोड ५ लाख रुपैयाँ रहेको थियो । प्रतिशेयर आम्दानीमा मात्र ५३ रुपैयाँ ६२ पैसाको वृद्धि भएको छ।

नाफा वृद्धिको मुख्य कारण ‘अन्य आम्दानी’ कम्पनीको खुद नाफा, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानीमा भएको सर्वाधिक वृद्धिको मुख्य कारण ‘अन्य आम्दानी’ मा भएको ठूलो वृद्धि हो। असोज मसान्तसम्ममा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य ४.४६ प्रतिशतले बढेर चार करोड ६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ हजार ३९६.०८ प्रतिशतले बढेको छ । प्रतिशेयर नेटवर्थ १८०.८४ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८३ करोड ८९ लाख रुपैयाँ रहेको छ र अन्य इक्विटीमा ९७ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*