बीमा प्राधिकरणको निर्देशनलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले रद्दीको टोकरीमा फ्याक्न छुट छ ?

२५ कार्तिक २०८२, मंगलवार १४:४५

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणले पटक पटक दिएको लिखित निर्देशन समेत पालना नगरी रद्दीको टोकरीमा फ्याक्दा समेत कुनै कारवाही भएको छैन ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई नियामक बीमा प्राधिकरणले पटक–पटक लिखित निर्देशन दिई स्थलगत निरिक्षणको क्रममा देखिएका कैफियत समेत पालना गर्न सूचित गरेको थियो । तर, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको व्यवस्थापन र सञ्चालक समितिले नियामकले औल्याएको त्रुटी सुधार गर्न र वित्तीय अपराध सच्याउन अझै तयार भएको छैन ।

बीमा प्राधिकरण पटक पटक त्रुटी सच्याउन निर्देशन दिँदै जाने र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नियामककै लिखित निर्देशन रद्दीको टोकरीमा फ्याक्ने क्रम जारी नै रहेको देखिन आएको छ ।बीमा प्राधिकरणको स्थलगत निरीक्षणको क्रममा देखिएका कैफियत तथा लेखापरिक्षकले औंल्याएको सुधार गर्नुको सट्टामा कम्पनीको संस्थागत सुशासन निर्देशिका विपरित चल्ने गरेको बीमा प्राधिकरणका एक उच्च अधिकारीले बीमापोष्टलाई बताएका छन् ।

कम्पनीको असिस्टेन जनरल म्यानेन्जर ज्ञानेन्द्र उप्रेतीले स्थलगत सुपरिवेक्षणमा देखिएका कैफियत र तत्काल सुधार गनुपर्ने पक्षहरु सुधार गर्दै लगिरहेका बताएका छन् । प्राधिकरणले पटक -पटक सुपरिवेक्षण गर्दा कैफियत देखिएको र सुधारमा बुझन खोज्दा उनले कुनै प्रतिकृया दिन चाहेनन् ।

प्राधिकरणको पटक पटक कम्पनीलाई सुधार गर्न निर्देशन दिएपनि कम्पनीले सुधार गर्ने प्रतिवद्धता जनाए पनि पुनः गल्ती दोहोर्याउने प्रवृत्ति चल्दै आएको छ । कम्पनीले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० को दफा ४५ को उपदफा (२) को व्यवस्था पालना नगरेको भन्दै प्राधिकरणले कम्पनीमाथि पटक पटक उक्त निर्देशिका पूर्ण रुपमा पालना गर्न समेत निर्देशन दिएको छ ।

अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अनैतिक तरिकाले कम्पनी चलाउँदै आएका कारण कम्पनी व्यवस्थापनले स्वतन्त्रपूर्वक काम गर्न सकिरहेको छैन । पछिल्लो पटक सिईओ बनेकी अञ्जु श्रेष्ठले सिईओ कम्पनीलाई स्वतन्त्रतापूर्वक सञ्चालन गर्न नसक्दा व्यवस्थापनमाथि सञ्चालक समितिका अध्यक्ष श्रेष्ठ हावी हुँदै आएका छन्।

प्राधिकरणले हिमालयन एभरेष्ट इन्स्योरेन्सको जोखिम व्यवस्थापन समितिलाई पनि कम्पनीले निष्कृय पारेको भन्दै तत्कालै प्रभावकारी बनाउन निर्देशन दिइएको थियो । हालसम्म पनि कम्पनीले जोखिम व्यवस्थापन मार्गदर्शन बमोजिम जोखिम व्यवस्था गर्ने समितिलाई सक्रिय बनाउन सकेको छैन ।

हिमालय एभरेष्टलाई प्राधिकरणले लेखापरिक्षण समितिलाई प्रभावकारी बनाई आन्तपरक नियन्त्रण प्रणाली सुदुढ बनाउन समेत निर्देशन दिएको छ । आन्तरिक रुपमा चरम भ्रष्टाचारमा डुबेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले भ्रष्टाचारको पोल खुल्ने डरले आन्तरिक अडिट कमितिले समेत प्रभावकारी काम गर्न नसकेको अवस्था छ । उक्त त्रुटी सच्याउन प्राधिकरणले निर्देशन दिएको भएपनि हालसम्म पनि पालना गरेको छैन । कम्पनी स्रोतका अनुसार अहिलेसम्म उक्त व्यवस्थाकीय सुधारहरु गर्न सकेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*