लाभांश र शतप्रतिशत हकप्रद घोषणाले शाहस उर्जामा लगानीकर्ता झुम्मिए

२५ कार्तिक २०८२, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२१ अंकले बृद्धि भएर २५६५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ३२७ वटा कम्पनीहरुको तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । आज शाहस उर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३५ करोड ५८ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २६ करोड ७६ लाख रुपैयाँ, शिवम् सिमेन्टको १६ करोड पाँच लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*