एनआरएन इन्फ्रान्स्ट्रक्चरको ४२ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद शेयर घोषणा

२६ कार्तिक २०८२, बुधबार १०:०७

काठमाडौं । एनआरएन इन्फ्रान्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ।

बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको हो। साथै बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पनि बैठकले गरेको छ।

साथै सोही बैठकले आउँदो पुस ४ गते शुक्रबारका दिन काठमाडौंको थिरबम सडकस्थित आप्रपाली ब्यान्क्वेटमा बिहान ९ बजे तेह्रौं वार्षिक साधारणसभा पनि डाकेको छ।

1762920965572

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*