विद्युत बिक्री र खर्च कटौतीले अपि पावरको नाफा ४५ प्रतिशतले उक्लियो, प्रतिशेयर आम्दानी पनि बढ्यो

२६ कार्तिक २०८२, बुधबार १०:३५

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीले नाफाको सन्दर्भमा उल्लेखनीय प्रगति गरेको देखिन्छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष कम्पनीको नाफा झण्डै आधा गुणा बढी बढेको छ।

असोज मसान्तसम्ममा कम्पनीले कुल २६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासमा हासिल भएको १८ करोड १७ लाख रुपैयाँ नाफाभन्दा करिब ४४.६१ प्रतिशतले बढी हो। यो सुधारमा विद्युत बिक्री आम्दानीको वृद्धि र वित्तीय खर्चमा आएको कमी प्रमुख कारण बनेको कम्पनीले जनाएको छ।

विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा १३.३१ प्रतिशत वृद्धि भएको छ भने कुल नाफा पनि १०.७९ प्रतिशतले बढेको छ। सोही अवधिमा कम्पनीको वित्तीय खर्च भने ३७.५७ प्रतिशतले घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा १२ रुपैयाँ ५६ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ। यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ८९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। उत्पादन र बिक्री दुवैमा सुधारसँगै अपि पावर कम्पनीको वित्तीय स्थिति सुदृढ हुँदै गएको देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*