५ जना सचिवको सरुवा, राजस्व सचिवको जिम्मेवारीमा भुपाल बराल

२६ कार्तिक २०८२, बुधबार १५:१७

काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरिएको हो ।

त्यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिवलाई बागमती प्रदेशमा सरुवा गरिएको छ भने कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेशमा पदस्थापन गरिएको छ।

त्यस्तै कमल पोखरेललाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने बैकुन्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*