जेन–जी आन्दोलनको दावी भुक्तानीमा अब्बल सिद्धार्थ प्रिमियर, बीमितले पाए एक अर्ब ५८ करोड दावी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बीमा दावी भुक्तानीमा अग्रगामी भुमिकामा रहेको छ । कम्पनीले जेन–जी आन्दोलनको डेढ अर्बबढी रकमको दावी भुक्तानी गरिसकेको छ ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्षतिले हालसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच अर्ब ५१ करोड ४६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट कुल ४०१ वटा दावी परेका छन् ।
छोटो समयमै बलियो रकमको दावी भुक्तानी गरेर आफूलाई देशकै उत्कृष्ट बीमा दावी भुक्तानी गर्न सक्षम कम्पनीको रुपमा स्थापित गराउन सफल भएको छ । जेन जी आन्दोलनपछि लगाइएको कफ्र्यु, दशैं बिदा र तिहार बिदामा समेत कम्पनीका कर्मचारीहरुले कडा मेहनत गरेर सर्वाधिक बीमा दावी भुक्तानी गर्ने कम्पनी बन्न सफल भएको हो ।
कम्पनीका अनुसार बुधबारसम्ममा कुल एक अर्ब ५१ हजार ४२ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले कुल ८६ वटा बीमा दावी बापत उक्त रकम भुक्तानी गरेको छ । अग्रिम र पूर्ण भुक्तानीसहितको रकम पाउँदा बीमितहरुले आपतमा राहत भएको छ । उक्त दावी भुक्तानी पश्चात जेन जी आन्दोलनबाट पीडित भएका उद्यमी व्यवसायीहरुले ठूलो राहत प्राप्त गर्न सफल भएका छन् ।
२०८२ साल भाद्र २३ र २४ गते आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडको कारण यस कम्पनीमा वीमा रहेका व्यक्तिगत, सार्वजनिक, सरकारी सम्पत्ती तथा उद्योग व्यवसायमा पुगेको क्षतीको बीमा दावी फछ्र्यौट कार्यलाई अत्यन्त महत्वका साथ सम्पन्न गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीको कात्तिक २६ गतेसम्मको बीमा दावी विवरण
यस पटक जेन जी आन्दोलनका क्रममा भएका क्षतिहरुको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरुले उच्च प्राथमिकता दिएर काम गरिरहेका छन् । कम्पनीले आन्दोलनमा क्षति भएका पीडितहरुलाई हुलदंगा तथा आतंकवाद बीमा अन्तर्गत सो दावी भुक्तानी गरेको हो ।
बीमा दावी भुक्तानीमा कुनै सम्झौता नगरी नगदमा बीमा शुल्क र नगदमै बीमा दावी भुक्तानी भन्ने मूल मर्मलाई आत्मसात गर्दै सरल बीमा सेवा प्रवाह गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले बीमा दावी भुक्तानी लिन बाँकी बीमितहरुलाई यथाशीघ्र आवश्यक कागजात पेश गरी दावी फछ्र्यौट कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।













