३५ उद्योगबाट प्राधिकरणले उठायो करिब २४ करोड बक्यौता

२७ कार्तिक २०८२, बिहीबार १८:३०

काठमाडौं । लोडसेडिङको अवधिमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ मार्फत विद्युत् उपभोग गरेका उद्योगहरूमध्ये २५ नयाँ उद्योगले पहिलो किस्ताको प्रिमियम महसुल बुझाएका छन् । त्यस्तै, पहिले किस्ताबन्दी सुरु गरे पनि बीचमा रोकिएका १० उद्योगले पनि भुक्तानी प्रक्रिया पुनः सुरु गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणले हालसम्म ३५ उद्योगबाट जम्मा २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ उठाएको छ । ती उद्योगहरूसँग प्राधिकरणको कुल बक्यौता रकम पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ रहेकोमा अहिले पनि करिब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ असुल हुन बाँकी छ ।

सचिवालयका अनुसार उक्त रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत तिर्न बाँकी प्रिमियम महसुल हो ।

भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्रीसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले उद्योगीहरूले राज्यप्रतिको दायित्व सम्झिँदै बक्यौता तिर्न थालेकोप्रति प्रशंसा व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*