नेपाली सेनामा खुल्यो ३६ सय नयाँ भर्ना (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले देशभरका विभिन्न पृतना, गण र बाहिनीहरूका लागि ठूलो संख्यामा सैनिक भर्ना प्रक्रिया सुरु गरेको छ। जंगी अड्डाले एकैपटक ३६ सय सैनिक पदका लागि दरखास्त आह्वान गर्दै नयाँ भर्ती अभियान सार्वजनिक गरेको हो।
नवीन भर्ना अभियानअन्तर्गत उपत्यका पृतना, नारायणहिटीमा मात्रै ३५० जनाको कोटा तोकिएको छ। हालै सेनामाथि विभिन्न राजनीतिक विवाद र आरोप–प्रत्यारोप भइरहेका बेला राजधानीमै यति ठूलो संख्यामा नयाँ बुझी मागिएको जनाइएको छ।
सबैभन्दा धेरै पद उत्तरपश्चिम पृतना मुख्यालय, सुर्खेतका लागि खुलाइएको छ, जहाँ ४२५ जना सैनिक भर्ना गरिनेछन्। त्यस्तै, बुटवलमा अवस्थित मध्यपश्चिम पृतना मुख्यालयका लागि ३०० जनाको माग छ।
यस्तै, नेपालगञ्जस्थित नम्बर–४ बाहिनी अड्डा र सुदूरपश्चिम पृतना मुख्यालय, भगतपुर दुवैमा २५०–२५० पद खुलाइएको छ। पूर्वी पृतना मुख्यालय, इटहरीका लागि २०० जनाको माग गरिएको छ भने विजयपुरस्थित पश्चिम पृतना मुख्यालयमा १७५ जनाको दरखास्त आह्वान गरिएको छ।
यससंगै, भगतपुरमै रहेको नम्बर–२५ बाहिनी अड्डाले पनि १५० जना नयाँ सैनिक भर्ना गर्ने गरी सूचना प्रकाशित गरेको छ।














