झापा इनर्जीको पहिलो कारोबार कति ?

३० कार्तिक २०८२, आईतवार १०:५१

काठमाडौँ । प्रि ओपन सेसनमा झापा इनर्जीको पहिलो कारोबार भएको छ। कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनी कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता शेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*