यी तीन माध्यमबाट हेर्नुहोस् एसवाई प्यानलको आईपीओको नतिजा

३० कार्तिक २०८२, आईतवार १२:१९

काठमाडौं । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर साढे २१ लाखभन्दा धेरैले आईपीओका लागि आवेदन दिएका थिए।

कम्पनीले प्राप्त आवेदनहरू काटछाँट गरी रीतपूवर्क आवेदन दिएका आवेदकहरूमध्ये ४ लाख ७ हजार ६१५ जनालाई १०/१० कित्ताका दरले आईपीओ बाँडफाँड गरेको छ। यी नै मध्यबाट ६ जनाले थप १/१ कित्ता गरी ११/११ कित्ता आईपीओ हात पारेको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले आईपीओ बाँडफाँड गरिसकेको भए पनि अनलाइनमा नतिजा प्रकाशन हुन केही समय लाग्नेछ। अनलाइनमा सार्वजनिक भए लगत्तै यी माध्यमहरूबाट आईपीओको नतिजा हेर्न सकिनेछ।

मेरो शेयरको वेबसाइटः https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइटः https://www.prabhucapital.com/ipo-allotment
मेरो शेयर लगइनः https://meroshare.cdsc.com.np/#/login

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*