बिक्री आम्दानी बढ्दा सोनापुर मिनरल्सको मुनाफा ४ करोड ३६ लाख, अन्य सूचक कस्ता ?

३० कार्तिक २०८२, आईतवार १२:०४

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचक लयमा आइरहेको देखिएको हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९५.३० प्रतिशतले बढेर ६६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बिक्री आम्दानी ३४ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको कुल नाफा ७८८.९१ प्रतिशतले बढेर २३ करोड ३५ लाख, वित्तीय खर्च ५८.१६ प्रतिशतले बढेर १२ करोड २५ लाख र सञ्चालन मुनाफा २ करोड ८२ लाख रुपैयाँ ऋणात्मकबाट १ करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ।

यता, कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ९१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*