शिखर इन्स्योरेन्स बन्यो नेपालको पहिलो ‘नेपाल वित्तीय प्रतिवेदन मापदण्ड १७’ लागू गर्ने बीमा कम्पनी

काठमाडौँ । शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड १७, बीमा सम्झौता (एनएफआरएस १७ )अनुसार आर्थिक वर्ष २०८२।०८३ को प्रथम त्रैमासिक वित्तीय विवरण तयार गरी सार्वजनिक गरेको छ। नेपाल लेखामान बोर्डबाट चालु आर्थिक वर्ष २०८२।८३ बाट लागु हुने गरि जारि गरिएको यस वित्तीय प्रतिवेदन लागु गर्ने नेपालको पहिलो कम्पनीका रुपमा शिखर इन्स्योरेन्स बनेको हो ।
कम्पनीबाट नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको वित्तीय विवरण सम्बन्धि निर्देशिका बमोजिमको त्रैमासिक वित्तीय विवरणसंगै एनएफआरएस १७ बमोजिमको संक्षिप्त वित्तीय विवरण समेत प्रकासित गरिएको हो ।
शिखर इन्स्योरेन्सले यो उपलब्धिलाई नेपाली बीमा क्षेत्रमा ऐतिहासिक कदमको रूपमा व्याख्या गरेको छ। कम्पनीले भनेको छ, ‘यस उपलब्धी पारदर्शिता, सुशासन र विश्वव्यापी वित्तीय प्रतिवेदनमान तथा मापदण्डको परिपालनतर्फ अघि बढिरहेको सम्पूर्ण नेपाली बीमा क्षेत्रका लागि एक ऐतिहासिक कदमका रुपमा रहेको छ।’
कम्पनीले यस उपलब्धीले प्रचलित व्यवस्थाहरुको अनुपालन प्रति शिखर इन्स्योरेन्सको प्रतिवद्धता र निरन्तर सुधारप्रतिको समर्पणलई प्रतिविम्वित गरेको छ । यसले विश्वव्यापी उत्कृष्ट अभ्यासहरु आत्मसात गर्न तथा बीमा क्षेत्रलाई आधुनिकिरण, विश्वसनीयता र पेशागत उत्कृष्टताको नयाँ युगतर्फ नेपाली बीमा कम्पनीहरुको तत्परतालाई समेत पुष्टि गर्ने कम्पनीको दाबी छ ।













