एनपीएलको दोश्रो संस्करण शुरू, आज जनकपुर र काठमाडौं भिंड्दै

१ मंसिर २०८२, सोमबार ०९:०४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोश्रो संस्करण आजबाट काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शुरू हुँदैछ।

आजको पहिलो तथा उद्घाटन खेलमा अपरान्ह ४ बजेदेखि जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिंड्दैछन्। जनकपुर एनपीएलको पहिलो संस्करणको विजेता टोली हो।

एनपीएल आजबाट शुरू भएर २७ गतेसम्म चल्नेछ भने यसमा जम्मा ८ वटा टोली सहभागी रहेका छन्। यसमा कुल ३२ खेल हुनेछ जसमध्ये २३ खेल फ्लडलाइटमा खेलिने तयारी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*