एनपीएल दोस्रो संस्करणको उद्घाटन, काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स भिड्दै

१ मंसिर २०८२, सोमबार १६:२७

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को उद्घाटन टीयु क्रिकेट मैदानमा सोमबार भव्य उद्घाटन भएको छ । उद्घाटन खेल सुरु हुनु अघि मैदानमाथि हेलिकप्टरबाट फूल वर्षा गरिँदै प्रतिस्पर्धाको दोस्रो संस्करण विशेष आकर्षणसहित प्रारम्भ गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले ट्रफी अनावरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेकी थिइन्। मैदानमा भरेलाग्दो दर्शक उपस्थिति देखिनुका साथै खेलाडी र क्रिकेटप्रेमीहरूको उत्साह उल्लेखनीय छ ।

उद्घाटन खेलमा काठमाडौँ गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने परेका छन्। टस जितेका काठमाडौँका कप्तान करण केसीले फिल्डिङ छनोट गरेपछि जनकपुरले पहिलो ब्याटिङ थालेको छ।

एनपिएलको दोस्रो संस्करणलाई नेपाली क्रिकेटको लोकप्रियता र व्यावसायिकताको अर्को महत्वपूर्ण चरणका रूपमा लिइएरहेको छ। आयोजकका अनुसार यस वर्षको प्रतियोगितामा खेलको गुणस्तर, व्यवस्थापन र दर्शक आकर्षण थप मजबुत बनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*