बीमा कम्पनीहरुको जगेडा कोष निरन्तर घट्दै, बचत, लगानी र स्थिर सम्पत्ति कति छ ?

१ मंसिर २०८२, सोमबार १७:४०

काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि भएपनि जगेडा कोष भने आर्थिक बर्ष २०८१र८२ देखि निरन्तर घटेको देखिएको छ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी बढाउनुपर्ने बाध्यतकारी नियमनको कारण पुँजीवृद्धिमा कम्पनीहरु चनाखो बनेको देखिएको छ भने जगेडा कोष भने निरन्तर घट्ने क्रम बढ्दो रहेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०८१र८२ को बार्षिक प्रतिवेदन अनुसार यस्तो देखिएको हो । राष्ट्र बैंकले यस प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाललाई बुझाईसकेको छ ।
आर्थिक बर्ष २०८०र८१ मा १२।६ प्रतिशतले चुक्ता पुँजी वृद्धि गरेको हाल संचालनमा रहेका बीमा कम्पनीहरुले गत आर्थिक बर्ष १३ प्रतिशतले वृद्धि गर्दै ९९ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पुँजी संचितिमा राखेका छन् ।

जगेडा कोषको आधारमा तीन बर्षको आँकडा हेर्ने हो भने तीन बर्षमा क्रमशः घट्दै गएको पाइएको छ । आर्थिक बर्ष २०८०र८१ मा ८४ प्रतिशतले घटेको बीमा कम्पनीहरुको जगेडा कोष गत आर्थिक बर्षमा ५।१ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

बीमा कम्पनीहरुको ९० प्रतिशतसम्म बैंक तथा नगद मौज्दात राख्ने गरेको छ । सो रकम भने दुई आर्थिक बर्षको सर्वेक्षण गर्दा क्रमशः बढेको पाइएको छ।

आर्थिक बर्ष २०८०।८१ मा १८० प्रतिशतले बैंकको रकम वृद्धि भएको छ भने गत बर्षमा ६४ प्रतिशतले वृद्धि भएर ३७ अर्ब ७७ करोड रुपैयाँ रकम बैंक तथा नगद मौज्दात रहेको छ।

त्यस्तै बीमा कम्पनीहरुको लगानीको दायरा १३ प्रतिशतले वृद्धि भएर ९ खर्ब ३४ अर्ब रुपैयाँ लगानी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार बीमा कम्पनीहरुको स्थिर सम्पत्ति २४ प्रतिशतले वृद्धि भएर १४ अर्ब रुपैयाँ रहेको छ भने अन्य सम्पत्तिहरु ३५ प्रतिशतले वृद्धि भएर १ खर्ब माथि रहेको छ ।

राष्ट्र बैंकले उक्त प्रतिवेदनमा नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले उपलब्ध गराएको अपरिष्कृत विवरणबाट यस तथ्यांक सार्वजनिक गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*