जिरीको सागको भाउ एकैदिन २०० रुपैयाँले बढ्यो, अन्य तरकारीको कति?

२ मंसिर २०८२, मंगलवार ०८:४५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज जिरीको साग एकैदिन २०० रुपैयाँले बढेर ५७५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी आज सानो लोकल गोलभेंडाको भाउ १८ प्रतिशतले बढेर ५५ रुपैयाँ, तने बोडी ८ प्रतिशतले बढेर २०५ रुपैयाँ, भिण्डी ८ प्रतिशतले बढेर १३५ रुपैयाँ, बकूला १२ प्रतिशतले बढेर १६३ रुपैयाँ पुगेको छ भने डल्ले च्याउ १३ प्रतिशतले बढेर ४२५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

यता आलु, बन्दा, मूला, भन्टा, करेला, लौका, बरेला, इस्कुस, हरियो प्याज, ब्रोकाउली, रातो बन्दा, सेलरी, सौफको साग लगायतको भाउ भने घटेको छ।

हेरौं हिजो र आजको तुलनात्मक प्रतिकिलो औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*