स्रोत नखुलेको ८ लाख रुपैयाँ सहित ३ जना पक्राउ

३ मंसिर २०८२, बुधबार ०८:००

काठमाडौं । सोमबार दिउँसो प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–८ बाट स्रोत नखुलेको ८ लाख १३ हजार ९१० रुपैयाँ सहितन ३ जनालाई पक्राउ गरेको छ।

फक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–३ बस्ने ३४ वर्षीय सुवास लामिछाने, २९ वर्षीय रुपेश सहनी र मलंगवा नगरपालिका–१० घर भई कविलासी नगरपालिका–४ बस्ने २८ वर्षीय मुकेश चौधरी रहेका छन्।

उनीहरूलाई भारतको सोनवर्षाबाट मलंगवातर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा नगद सहित नियन्त्रणमा लिएको हो।

मधेश प्रदेश ०३–०३६ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार सुवास र रुपेशका साथै पैदलयात्री मुकेशलाई नगद सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*