सिप्रदी अटोपार्ट्सको भव्य लक्की ड्र: मोटरसाइकलदेखि स्मार्टफोन–स्मार्ट टिभीसम्मका विजेता सार्वजनिक

३ मंसिर २०८२, बुधबार ११:५०

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले देशभर सञ्चालन गरेको पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला अभूतपूर्व सफलता साथ सम्पन्न भएको छ। ग्राहकको उच्च सहभागिता, व्यापारीहरूको सक्रियता र सामाजिक सञ्जालमा देखिएको उत्साहले यस वर्षको मेलालाई थप चर्चित बनाएको कम्पनीको समीक्षा छ। कार्यक्रमअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा सार्वजनिक भएसँगै सहभागीहरूबीच उत्सुकता झनै बढेको छ।

कार्तिक २८ मा सम्पन्न टाटा जेन्युइन पार्ट्स टाइगर्स मिट २०२५–मा लक्की ड्रका विजेताहरूको घोषणा गरियो, जसको प्रत्यक्ष प्रसारण सिप्रदी अटोपार्ट्सको फेसबुक पेजमार्फत गरिएको थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया र वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले विजेताहरू चयन गरेका थिए।

यस वर्षको बम्पर पुरस्कार अन्तर्गत बजाज पल्सर १५० सीसी मोटरसाइकल इस्टर्न रोडलाइफले जित्यो, जसले बंगलामुखी मोटर ट्रेडर्स, विराटनगरमार्फत सामान खरिद गरेको थियो। त्यसपछि दोस्रो आकर्षक पुरस्कार टीभीएस एन्टर्क १२५ सीसी स्कुटर सगर राउतले पाएका छन्, जसले काठमाडौँ कुलेश्वरस्थित विज्ञान अटोमोबाइल्समार्फत टाटा पार्ट्स खरिद गरेका थिए। स्मार्ट टिभी पुरस्कार गोएन्का फुड्स प्रालिले जित्यो भने स्मार्टफोन वन्डरल्यान्ड बोर्डिङ स्कुलको पोल्टामा परेको कम्पनीले जनाएको छ।

टाटा मोटर्सका जेन्युइन पार्ट्स, अटोमोटिभ फ्लुइड्स र ड्युराफिट लाइनअपले सवारीसाधनको सुरक्षा, दीर्घायु र कार्यक्षमतामा देखाइरहेको प्रभावकारिताले ग्राहकको विश्वास निरन्तर बढ्दै गएको सिप्रदी अटोपार्ट्सले बताएको छ। नेपालभर उच्च गुणस्तरका सक्कली पार्ट्स उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले भविष्यमासमेत ग्राहकमैत्री योजना र उत्कृष्ट बिक्रीपछिको सेवामार्फत आफ्ना उत्पादप्रतिको भरोसा अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*