बारामा एमालेको बलजफ्तीपछि कर्फ्यू आदेश जारी

काठमाडौं । बारा जिल्लामा एमालेको बलजफ्तीले झडपको स्थिति सिर्जना गरेपछि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेको छ।
बाराको परवानीपुरमा एमालेले आयोजना गरेको एक कार्यक्रममा जम्मा भएका एमाले समर्थकहरूले केही जेनजी युवाहरूमाथि हातपात गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको हो। युवामाथि हातपात भएपछि स्थानीयहरू जम्मा भएर कार्यक्रममा आउन लागेको एमाले नेता महेश बस्नेत लगायतलाई विमानस्थलमा ओर्लनै नदिने भन्दै विमानस्थल घेराउ गरेका थिए।
विमानस्थलनजिकै जेनजी युवाहरू र नेकपा एमालेका कार्यकर्ताहरू झडप हुन थालेपछि स्थानीय प्रशासनले दिउँसो साढे १२ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
जितपुर सिमरा उपमहानगरपालिकाभित्र गण्डक नहरदेखि पथलैया सडकखण्ड राजमार्गको दायाँबायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटरसम्म कसैले आवतजावत गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको हो। बाराको अवस्था तनावपूर्ण बनेपछि एमालेका नेता महेश बस्नेत लगायतलाई लिएर उड्न लागिसकेको जहाज रोकिएको छ।













