नेप्से पुनःसंरचना गर्न गठन गरेको उच्चस्तरीय सुझाव समिति समयावधि ५० दिन

३ मंसिर २०८२, बुधबार १४:१४

काठमाडौँ । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलवारको मन्त्रिपरिषद् बैठकले ५० दिनको अवधिका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो।

यस कार्यदलको नेतृत्व नेपाल लेखा मान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाले गर्नेछन्। समितिमा नेप्से, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहेका छन्।

साथै, अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ।

नेप्से पुनःसंरचना गर्न मन्त्रिपरिषदको निर्णय, बनायो उच्चस्तरीय समिति

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*