सिमरामा कर्फ्यू उल्लङ्घन गर्दै युवाहरूको बजार प्रदर्शन

३ मंसिर २०८२, बुधबार १४:४४

काठमाडौँ । बारामा जारी कर्फ्यू उल्लङ्घन गर्दै सिमराको मुख्य बजार क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बाराले नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा जोखिम न्यूनीकरणका लागि बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो। आदेशअनुसार गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा कुनै पनि भेला, जुलुस, सभा वा प्रदर्शन गर्न निषेध गरिएको थियो।

तर, आदेशलाई बेवास्ता गर्दै ठूलो संख्यामा युवाहरू बजार क्षेत्रमा भेला भएका थिए। उनीहरूले नारावाजी गर्दै प्रदर्शन गर्न थालेका थिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*