यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बैठकले गरेका २५ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्री खरेलका अनुसार मन्त्रिपरिषद्ले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी नयाँ व्यवस्था नहुँदासम्म नेपाल एयरलाइन्सको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।
साथै, बैठकले नेपाली सेनाका दुई जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने, सशस्त्र प्रहरी नियमावली स्वीकृत गर्ने र राष्ट्रपतिसमक्ष अध्यादेशहरू पेश गरी स्वीकृति लिने निर्णय पनि गरेको प्रवक्ता खरेलले जानकारी दिए।















