पुराना कार-भ्यानलाई विद्युतीय बनाउने बाटो खुल्दै: सरकारले रूपान्तरणका लागि अनुमति दिने तयारी

३ मंसिर २०८२, बुधबार १६:४४

काठमाडौँ । सरकारले अब पुराना कार तथा भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी गरेको छ। वर्षौँदेखि इन्जिनियर तथा टेक्निसियनहरूले इन्धनबाट चल्ने पुराना सवारीसाधनको इन्जिन हटाएर ती गाडीलाई ब्याट्री–चालित वातावरणमैत्री सवारीमा रूपान्तरण गराउने प्रयास गरिरहेका भए पनि सरकारले यसअघि अनुमति नदिँदा काम अघि बढ्न सकेको थिएन।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब यस्तो रूपान्तरणका लागि अनुमति दिने व्यवस्था गर्न लागिएको छ। पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै धेरै वर्षदेखि रोक्दै आएको प्रक्रिया अब खुला हुने बताए।

उनका अनुसार अघिल्ला वर्षमा विभिन्न नियम–कानुन देखाउँदै कसैलाई पनि रूपान्तरणको अनुमति दिइएको थिएन, तर नयाँ सरकार बनेसँगै आवश्यक संरचना र कानुनी प्रक्रिया तयार पारेर अनुमति दिने व्यवस्थामा अघि बढिएको छ। पुनले वातावरणमैत्री परिवहन प्रणाली विकासका लागि यो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*