एनपीएलमा आज चितवन र लुम्बिनी भिड्दै

४ मंसिर २०८२, बिहीबार ०७:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दैछन्। आज हुने यो एकमात्र खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ।

गत वर्षको एनपीएलमा खासै उत्कृष्ट प्रदर्शन गर्न नसकेको लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल रहेका छन्। त्यसबेला ७ खेलमध्ये १ खेलमात्रै जितेर तालिकाको सबैभन्दा पुछारमा रहेर लायन्स बाहिरिएको थियो।

चितवन राइनोजले भने दोस्रो संस्करणको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएर विजयी शुरुवात गरिसकेको छ। दोस्रो संस्करणमा चितवनको यो दोस्रो खेल हो भने लुम्बिनी पहिलो पटक मैदानमा उत्रिंदैछ।

गत वर्ष लुम्बिनीले जितेको एकमात्र खेल चितवन विरुद्ध नै हो। लुम्बिनी यसपटक पनि चितवनलाई हराउने दाउमा छ भने चितवन पहिलेको बद्ला तिर्दै दोस्रो जीत निकाल्ने रणनीतिमा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*