सोल्टी होटल र साहस ऊर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

४ मंसिर २०८२, बिहीबार ०७:४३

काठमाडौं । सोल्टी होटल लिमिटेड र साहस ऊर्जा लिमिटेडले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि मंसिर ५ गते बुक क्लोज गर्ने भएकाले यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

सोल्टी होटलले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १६.५७ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३१.५७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

यो प्रस्ताव पारित गर्नका लागि यही मंसिर २८ गते काठमाडौंको सुन्धारा, टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हलमा बिहान १० बजेदेखि एकाउन्नौं वार्षिक साधारणसभा बस्दैछ।

त्यसैगरी साहस ऊर्जाले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र १.१० प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल २२.१० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।

यो निर्णय पारित गर्नका लागि यही मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहानको ११ बजेदेखि बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*