नेपाललाई ग्रेलिस्टबाट बाहिर निकाल्न अख्तियारद्वारा नियामक-अनुसन्धान निकायबीच छलफल

४ मंसिर २०८२, बिहीबार १४:००

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित नियामक तथा अनुसन्धानकारी निकायबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा नेपाललाई एफएटीएफको ग्रेलिस्टबाट चाँडै बाहिर निकाल्न सरोकारवाला निकायबीच सहयोग, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको आयोगले जनाएको छ।

छलफलमा गर्भनर डा. विश्वनाथ पौडेल, मुख्य सचिव एकनारायण अर्याल, अर्थ मन्त्रालयका अधिकारी, विभिन्न मन्त्रालयका सचिव र नेपाल प्रहरीलगायतका सरोकारवालाको सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*