धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई पठायो ३ बुँदे सिफारिस पत्र

४ मंसिर २०८२, बिहीबार १४:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई ३ बुँदे सिफारिस पत्र पठाएको छ। आन्दोलनरत कर्मचारीको माग पूरा गर्न बोर्डको सञ्चालक समिति बैठकको निर्णयबाट तीन बुँदे सिफारिस पत्र पठाइएको हो । नियमित काममा रहे पनि कर्मचारीहरूले हालसम्म पनि कार्यालय परिसरमा एक घण्टा धर्ना भने दिइरहेका छन् ।

बोर्डले गत भदौ २ गते कर्मचारीको सेवा सुविधा घट्ने र फिर्ता गर्नुपर्ने गरी दिएको निर्देशन पुनरावलोकन गर्न भनिएको छ ।

दोस्रो बुँदामा कर्मचारीसम्बन्धी कार्यविधि खारेज गर्न र कार्यविधिमा रहेका कुराहरू नियमावलीमा राखेर समायोजन गर्न सिफारिस गरिएको छ ।

तेस्रो बुँदा अन्तर्गत नेपाल धितोपत्र बोर्डको स्वायत्तता कायम गर्ने विषयमा विद्यमान कानुनी व्यवस्थालाई सुधार गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

मन्त्रालयको पत्रपछि बोर्डका कर्मचारीहरू भदौ ७ गतेदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए । अर्थ मन्त्रालयमा माग पूरा गर्ने सहमतिसँगै उनीहरू काममा फर्किएका थिए । कात्तिक मसान्तसम्म माग पूरा गर्ने गरी समय सीमा तोकिए पनि हालसम्म माग सम्बोधन नगरिएको खुलाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*