बन्चरेडाँडाबासी र सरकारबीच ११ बुँदे सहमति, फोहोर ढुवानीमा अवरोध हट्यो

४ मंसिर २०८२, बिहीबार १८:३९

काठमाडौँ । बन्चरेडाँडाबासी र सरकारबीच आज सहरी विकास मन्त्रालयमा भएको छलफलपछि ११ बुँदे सहमति भएको छ। सहमतिपछि लामो समयदेखि अवरुद्ध रहेको फोहोर ढुवानी पुनः सुरु हुने भएको हो ।

सहमतिमा स्थानीयवासीका विगतमा दायर गरिएका मुद्दासम्बन्धी तत्काल निर्णय गरी पत्राचार गर्ने, काठमाडौं महानगरले दुई पालिकालाई दिँदै आएको वार्षिक ३–३ करोड रकम बढाएर ६–६ करोड पुर्‍याउने, आगामी आवदेखि बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्न महानगरसँग अनुरोध गर्ने र तीनपिप्ले–कुमारी–गल्छी सडक निर्माण कार्य आगामी चालू आवमा बहुवर्षीय आयोजना बनाउन आवश्यक प्रक्रिया अघि बढाउने जस्ता विषयहरू समेटिएका छन्।

सहमति पश्चात बन्चरेडाँडाबासीले सरकारप्रति भरोसा व्यक्त गर्दै फोहोर ढुवानी पुनः सुचारु भएकोमा सन्तोष व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*