सिटि होटलको शेयर खरीदका लागि परेको बोलपत्र आज खोलिंदै

५ मंसिर २०८२, शुक्रबार ०८:०९

काठमाडौं । सिटि होटल लिमिटेडको २१ लाख ५० हजार ४४१८ कित्ता अवितरित हकप्रद शेयर खरीदका लागि परेका बोलपत्रहरू आज खोलिंदैछ।

प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले कात्तिक २३ गतेदेखि ३० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आह्वान गरिएकोमा सो अवधिभर परेका बोलपत्रहरू आज खोलिन लागेको हो।

बोलपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको काठमाडौंको कमलादीस्थित कार्यालयमा बिहान ९ बजे खोलिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*