सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

५ मंसिर २०८२, शुक्रबार १०:१९

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।

बैठकले गत आवको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०.२६४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको हो।

यो लाभांश पारितका लागि अब हुने कम्पनीको १६औं वार्षिक साधारणसभामा पेश गरिने र सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

1763697886784

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*