एमाले पार्टीको कार्यक्रममा भाग लिन नेको इन्स्योरेन्सका सिईओ अशोक खड्का अष्ट्रेलिया भम्रणमा

७ मंसिर २०८२, आईतवार १५:२६

काठमाडौं । नेकपा एमाले पार्टीको भातृ संगठनको कार्यक्रममा भाग लिन भन्दै नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक खड्का अष्ट्रेलिया भ्रमणमा निस्केका छन् । अष्ट्रेलियास्थित स्रोतका अनुसार खड्काले त्यहाँ रहँदा नेकपा एमालेलाई आर्थिक सहयोग जुटाउने उद्देश्य प्रवासी संगठनका नेताहरुसँग भेटघाट गरेका छन्।

उता, काठमाडौंस्थित नेको इन्स्योरेन्सका केन्द्रीय कार्यालयले भने सिईओ अशोक खड्का स्टुडेन्ट बेनिफिट सम्बन्धी कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया पुगेको जनाएको छ । कम्पनीका डेपुटी सिईओ गणेश लम्सालले बीमापोष्टसँग भने, ‘पार्टीको कार्यक्रममा भाग लिन जानु भएको होइन, हाम्रै नयाँ प्रडक्ट स्टुडेन्ट बेनिफिट सम्बन्धी कार्यक्रममा भाग लिन जानु भएको हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*