पुरानै मापदण्डमा आयात हुने सवारी साधन मंसिर १५ सम्म भन्सार पास गर्न नाडाको आग्रह

७ मंसिर २०८२, आईतवार १६:०५

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) कार्यान्वयनका विषयमा सरकारले गरेको स्पष्ट व्यवस्थाबारे जानकारी दिँदै तोकिएको समयभित्र पूर्ववत् मापदण्डअनुसारका सवारी तथा पार्टपूर्जा भन्सार जाँचपास गर्न आयातकर्तालाई आग्रह गरेको छ।

बन तथा वातावरण मन्त्रालयले २०८२ असार ९ गतेको नेपाल राजपत्रमार्फत युरो–६ मापदण्ड लागू गरिसकेको अवस्थामा अर्थ मन्त्रालयले २०८२ असोज १० गते जारी राजपत्रमार्फत विशेष प्रावधान व्यवस्था गरेको थियो। उक्त प्रावधानअनुसार युरो–६ मापदण्ड लागू हुनुअघि प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन, नेपालमै एसेम्बल वा उत्पादन हुने सवारी तथा त्यस्ता सवारी उत्पादनका लागि आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मंसिर १५ गतेसम्म पूर्ववत् मापदण्डअनुसार पैठारी गर्न अनुमति दिएको छ।

नाडाले तोकिएको समयसीमा नजिकिँदै गर्दा आयातकर्ताहरूलाई बाँकी सवारी तथा पार्टपूर्जा भन्सार जाँचपास प्रक्रिया छिटो पूरा गर्न अनुरोध गरेको छ। संघले यसअघि नै सो विषयमा बन तथा वातावरण मन्त्रालय तथा अर्थ मन्त्रालयसँग औपचारिक पत्राचार गरी अन्तरिम व्यवस्थाका लागि पहल गरेको जानकारीसमेत दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*