सीजी मोटर्सको नयाँ क्याम्पेन: पुरानो सवारी एक्सचेन्ज गरी एक्सपेङ जी ६ मा अपग्रेडको अवसर

काठमाडाैं । नेपालमा इलेक्ट्रिक भेहिकल बजारमा नयाँ उत्साह थप्दै एक्सपेङ इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो नयाँ विशेष क्याम्पेन ‘एक्सपेङ एक्स्पेरियन्स– अपग्रेट टु एक्सिलेन्स’ सार्वजनिक गरेको छ। यस क्याम्पेनमार्फत ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरेर अत्याधुनिक इलेक्ट्रिक एसयुभीमा सहज र लाभदायक रूपले अपग्रेड गर्न सक्ने अवसर पाउनेछन्।
क्याम्पेनअन्तर्गत उपलब्ध नयाँ एक्सपेङ जी ६-४४० मोडलमा एडभान्स्ड अटो–पायलट, अटो–पार्किङ प्रणाली, ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ, र ५०:५० वेट–डिस्ट्रिब्युसन जस्ता सुविधाहरू रहेका छन्। यसले प्रयोगकर्तालाई स्मार्ट र परिष्कृत ड्राइभिंग अनुभव प्रदान गर्ने मात्रै होइन, सुरक्षित र भरोसायोग्य यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ। कम्पनीले यस एसयुभीलाई आफ्नो वर्गमा अग्रणी प्रदर्शन र अत्याधुनिक प्रविधि सहित निर्माण गरेको जनाएको छ।
ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै, सीजी मोटर्सले यस अफरमा ६.३ प्रतिशत आकर्षक ब्याजदर, विशेष क्यास लाभ, १ वर्षको इन्स्योरेन्स, १ वर्षको रोड–ट्याक्स, प्रिमियम एसेसोरिज, ६.६ किलो वाट वाल–माउन्ट चार्जर, ३.३ किलो वाट ट्राभल चार्जर र Black+Decker कार वासर तथा भ्याकुम क्लिनर पनि उपलब्ध गराएको छ। यसले ग्राहकहरूको ईभी ओनरशिप अनुभवलाई पहिलो दिनदेखि नै सहज, सुरक्षित र पूर्ण बनाउने लक्ष्य राखेको छ।
यस क्याम्पेनमार्फत नेपाली बजारमा इलेक्ट्रिक भेहिकलको पहुँच बढाउने र ग्राहकलाई आधुनिक प्रविधि तथा उच्च गुणस्तरको अनुभव उपलब्ध गराउने सीजी मोटर्सको प्रयासले आगामी दिनमा इलेक्ट्रिक मोबिलिटीलाई थप लोकप्रिय बनाउने अपेक्षा गरिएको छ। एक्सपेङ जी ६-४४० मा उपलब्ध अत्याधुनिक फिचर, प्रिमियम डिजाइन र ग्राहक-केंद्रित अफरले बजारमा नयाँ प्रतिस्पर्धात्मक मानक सेट गर्ने बताइएको छ।













