सरस्वती प्लास्टिक उद्योगमा २ घण्टासम्म दन्कियो आगो

९ मंसिर २०८२, मंगलवार १३:१३

काठमाडौँ । विराटनगर महानगरपालिका–७ स्थित एक प्लास्टिक उद्योगमा आगलागी भएको छ। मंगलबार बिहान सरस्वती प्लास्टिक उद्योगमा सुरु भएको आगो करिब सवा ९ बजेबाट फैलिन थालेको थियो र दुई घण्टापछि करिब ११ बजे नियन्त्रणमा आएको छ।

आगलागी प्लास्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ भण्डारण गरिएको भागबाट सुरु भएको बताइएको छ। आगो फैलिनासाथ विराटनगर महानगरपालिकासहित दुहबी, सुन्दरहरैचा र बेलबारी नगरपालिकाका दमकल टोली परिचालित भएका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका अधिकारीहरूले आगलागीको कारण हालसम्म पत्ता लाग्न नसकेको र क्षतिको विवरण संकलन भइरहेको जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*