घुस लिएर उमेर घटाई राहदानी बनाइदिएको आरोपमा १० जना कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर

९ मंसिर २०८२, मंगलवार १५:५१

काठमाडौँ । राहदानी बनाउन सेवाग्राहीको उमेर जालीयात गरी घुस लिएको आरोपमा १० जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन कर्मचारीमाथि विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले दायर गरेको अभियोगपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृतद्वय लक्ष्मी प्रसाद खरेल र केशव प्रसाद रिजाल, इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुणामणी आँपगाँई, नासु रविन कुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहालले सेवाग्राहीको जन्ममिति जालझेल गरी राहदानी तयार गरेको पाइएको छ।

आरोप अनुसार उनीहरूले बिनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुंगेल र बलराम महतोको उमेर कमी देखिने गरी राहदानी प्रणालीमा जन्ममिति सच्याएका थिए। यस्तो कार्यका लागि आर्थिक चलखेल भएको र पैसा नदिए राहदानी विभागबाट पासपोर्ट ब्लक गरिदिनेसम्म धम्की दिएको तथ्यसमेत आयोगको अनुसन्धानमा खुल्न आएँको छ।

9mdPA7

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*