यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१० मंसिर २०८२, बुधबार ०६:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४२.४६ रुपैयाँ र बिक्रीमूल्य १४३.०६ रुपैयाँ तोकिएको छ।
यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.८४ रुपैयाँ र बिक्रीदर ९२.२३ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१४ रुपैयाँ र एक कतारी रियालको खरीददर ३९.०९ रुपैयाँ र बिक्रीदर ३९.२६ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३८.७९ रुपैयाँ र बिक्रीमूल्य ३८.९५ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३४.४६ रुपैयाँ र बिक्रीमूल्य ३४.६० रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७१ रुपैयाँ र बिक्रीमूल्य ९.७६ रुपैयाँ निर्धारण भएको छ।














