तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

१० मंसिर २०८२, बुधबार १०:५१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँका दरले किनबेच भइरहेको महासंघले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*