श्रम मन्त्रालय विचौलियाको कब्जामा, विदेश जाने श्रमिकको स्वास्थ्य परिक्षण दोब्बरले वृद्धि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिचौलियाको कब्जामा रहेको छ । म्यानपावर व्यवसायीहरुको चाहाना अनुसार मन्त्रालयलले कार्यविधि नै संशोधन गरेर विदेश जाने नेपालीहरुको स्वास्थ्य परिक्षण दोव्वर अंकले बढाएको छ ।
देशमा रोजागारी नपाएर बाध्य भएर विदेश जाने नेपाली युवा–युवतीहरुमाथी समेत सरकारले खेलवाड गरेको छ । बिचौलियाको डिजाइन अनुसार मन्त्रालयले सेटिङ गर्दै कार्यविधि मनोमानी रुपले संशोधन गरेको छ । जसको असर विदेश जाने नेपालीमाथी पर्नेछ ।
वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाएको छ । मन्त्रालयले बुधबार स्वास्थ्य परीक्षण शुल्क बढाउन सम्पूर्ण मेडिकल व्यवासायीहरुलाई एक परिपत्र जारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाएको छ । मन्त्रालयले बुधबार स्वास्थ्य परीक्षण शुल्क बढाउन सम्पूर्ण मेडिकल व्यवासायीहरुलाई एक परिपत्र जारी गरेको हो ।
मन्त्रालयले ३४ प्रकारका परीक्षणहरु समेत गर्नेगरी नेपाल सरकारले निर्धारण गरेको शुल्क ९ हजार ५ सय अनिवार्य लिई मंसिर १० गतेदेखि स्वास्थ्य परीक्षण गर्न परिपत्र गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नविकरण तथा अनुगमन सम्बन्धी कार्यविधि,२०७२ को छैठौं संशोधन लाई पूर्ण रुपमा कार्यान्वयन गर्न अनुगमन गरी मापदण्ड पुरा गरेको स्वास्थ्य संस्थाहरुको सूची समेत सार्वजनिक गरिसकेको हुँदा मापदण्डमा उल्लेख भएका ३४ प्रकारका परीक्षणहरु समेत गरी उक्त अनिवार्य लिई स्वास्थ्य परीक्षण गर्न भनेको छ ।
यसअघि २०८१ मङ्सिरमा पूर्व श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । तर चर्को विरोधका कारण सो शुल्क कार्यान्वयन प्रक्रिया हुन भने सकेको थिएन । यसअघि स्वास्थ्य परीक्षणका लागि ३ हजार ५ सय सयदेखि ६ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको थियो।













